पाकिस्तान शाहिन्सविरुद्ध रोहितको अर्धसतक

काठमाडौं : अष्ट्रेलियामा जारी टप इन्ड टी-२० शृङ्खलामा नेपालका कप्तान रोहित कुमार पौडेलले पाकिस्तान शाहिन्सविरुद्ध अर्धसतक पूरा गरेका छन्। उनले ४२ बलमा ५१ रन बनाएका हुन्। उनले एक छक्का र ६ चौकाको मद्दतमा अर्धसतक पूरा गरे। रोहित ४३ रनमा ५२ रन बनाएर आउट भएका छन्।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल बनाउँदै नेपाललाई १४५ रनको लक्ष्य दिएको थियो।
नेपालका लागि सोमपाल कामी सर्वाधिक सफल रहे। उनले ३ विकेट हात पारे भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिन सफल भए।
पाकिस्तानको सुरुवात निकै खराब रह्यो। एक समय ७४ रनमै ७ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको टिमलाई पुछारका ब्याट्सम्यानहरूले सम्हाले। अन्तिम ५ ओभरमा ६१ रन जोड्दै पाकिस्तानले मध्यम स्कोर बनाउन सफल भयो।
कप्तान इरफान खानले ४२ रनको महत्वपूर्ण पारी खेले। उनलाई मोहम्मद वसिमले २३ रनको योगदान गरेर साथ दिएका थिए।
जारी खेलमा नेपालले लक्ष्य पछ्याइरहेको छ।
भदौ ६, २०८२ शुक्रबार १८:२१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।