‘नत्र भने जिन्दगी व्यर्थ छ’ ले ततायो तीज गीतको बजार
काठमाडौं : प्राय चाडपर्व लक्षित गीतमा एकल हाबी हुने गरेकोमा यो पटक तीजको माहौल छोपेर रिलिजको तयारी भएको फिल्म कोशेढुंगाको गीत नत्र भने जिन्दगी व्यर्थ छ ले बजार तताइरहेको छ। दुईअर्थी शब्दले भरिएका तीजका गीतको बाढी आइरहेको बेलामा तीजको संस्कृति समेत झल्कने गरी निर्माण भएको गीत रिलिज भएपछि टिकटक लगायतका भिडियो प्लेटफर्ममा भाइरल भइरहेको छ।
गीत युट्युबमा साढे पाँच लाख पटक हेरिसकिएको छ। समीक्षा अधिकारी र खेम सेन्चुरीको स्वरमा रहेको गीतमा अभिनेत्री सुरक्षा पन्त, ऋचा शर्मा र नीति शाह लगायतले नाचेका छन्। यसको हुक लाइन लिरिक्स खेम सेन्चुरीले लेखेका हुन्।
भदौ १२ प्रदर्शन मिति तोकेर निर्माण टिम फिल्मको प्रचारमा व्यस्त छ। फिल्मको निर्देशन नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाई गरेको रेकर्ड बनाएको पूर्ण बहादुरको सारङ्गीका निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन्।
फिल्ममा सुरक्षा, ऋचा, नीतिसहित आर्यन सिग्देल, प्रवीण खतिवडा, मञ्जुल कुमार, सरोज खनाल लगायतको अभिनय रहेको छ।
भदौ ६, २०८२ शुक्रबार १८:१२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।