टप इन्ड टी-२० शृङ्खला : नेपाल  र पाकिस्तान शाहिन्सबीचको खेल सुरु, पहिले बलिङ गर्दै नेपाल

टप इन्ड टी-२० शृङ्खला : नेपाल  र पाकिस्तान शाहिन्सबीचको खेल सुरु, पहिले बलिङ गर्दै नेपाल

काठमाडौं : अष्ट्रेलियामा जारी टप इन्ड टी-२० शृङ्खला अन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ। पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो दिएको छ। चौथो ओभरको खेल जारी रहँदा नेपालले दुई विकेट लिइसकेको छ। 

डार्बिनको मरारा क्रिकेट मैदानमा खेल हुँदैछ। जारी शृङ्खलामा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ।

 नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो। नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो। 

कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।  नेपाल हाल पाँच खेलमा चार अंकका साथ सातौ स्थानमा छ। पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ। 

भदौ ६, २०८२ शुक्रबार १५:३६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।