‘सम्मानित नेता’प्रति माधव नेपालको टिप्पणी : पार्टीले ‘गरिखाँदैन’ भन्नेलाई ठाउँ छैन, सम्मान गर्न सकिँदैन

‘सम्मानित नेता’प्रति माधव नेपालको टिप्पणी : पार्टीले ‘गरिखाँदैन’ भन्नेलाई ठाउँ छैन, सम्मान गर्न सकिँदैन
फाइल तस्बिर

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रैबाट निराशाजनक टिप्पणी गर्ने नेताहरूलाई कडा चेतावनी दिएका छन्।

पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले पार्टीको भविष्यलाई लिएर नकारात्मक टिप्पणी गर्नेहरूका लागि पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारे।

सम्मानित नेता झलनाथ खनालप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘पार्टीमा बसेर यो पार्टीले गरिखाँदैन भन्ने मान्छेलाई यो पार्टीमा ठाउँ छैन। त्यस्ता व्यक्तिहरू काम लाग्दैनन् र उनीहरूलाई सम्मान गर्न सकिँदैन।’

उनले पार्टी सानो भए पनि यसलाई सशक्त बनाएर निर्णायक शक्तिमा पुर्याउने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

‘हामीले विश्वासको वातावरण बनाएर जनमत तयार पार्ने हो, भ्रम चिरेर विश्वास जगाउने हो’, उनले भने।

भदौ ६, २०८२ शुक्रबार १३:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।