लडाइँ लडेर भूमि फिर्ता ल्याउने कल्पना पनि गरेका छैनौं : मन्त्री गुरुङ

लडाइँ लडेर भूमि फिर्ता ल्याउने कल्पना पनि गरेका छैनौं : मन्त्री गुरुङ

काठमाडौं :  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूमि भएको र यसबाट सरकार पछि नहट्ने अडान स्पष्ट पारेका छन्।

पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालको सार्वभौमिकतामाथिको चासोको विषय भएको बताए।

‘हाम्रो भूमिमा दुई देशले व्यापारका लागि करिडोर बनाउन पाउँदैनन्’, उनले भने।

उनले यो समस्याको समाधान सैन्य लडाइँबाट नभई कूटनीतिक संवादबाटै खोजिने प्रस्ट्याए।

‘यो विषय कूटनीतिक चरणमा पुगिसकेको छ, अब डिप्लोमेटिक डायलगबाटै समाधान गर्ने हो,’ गुरुङले भने, ‘लडाइँ लडेर भूमि फिर्ता ल्याउने कुरा हामीले कल्पना पनि गरेका छैनौं।’

मन्त्री गुरुङले यस विषयमा परराष्ट्र मन्त्रालयले तत्काल कूटनीतिक नोट पठाएर आफ्नो धारणा स्पष्ट पार्नुपर्नेमा जोड दिए।

भदौ ६, २०८२ शुक्रबार १३:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।