दराजद्वारा उत्कृष्ट बिक्रेता सम्मानित, सातौँ बिक्रेता सम्मेलन सम्पन्न

काठमाडौं : नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो सातौँ वार्षिक बिक्रेता सम्मेलन सम्पन्न गर्दै उत्कृष्ट बिक्रेता तथा साझेदारहरूलाई सम्मान गरेको छ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘ह्याप्पी सेलिङ’ नारासहित आयोजित उक्त कार्यक्रममा देशभरबाट ४७० भन्दा बढी बिक्रेताहरूको सहभागिता रहेको थियो।
सम्मेलनको मुख्य उद्देश्य बिक्रेताहरूको योगदानको कदर गर्ने, उनीहरूलाई थप सशक्त बनाउने र व्यापार विस्तारका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराजको सफलताको मुख्य आधार बिक्रेताहरूको समर्पण र लगनशीलता भएको बताए।
उनले भने, ‘हामी स्थानीय साना तथा मझौला व्यवसायलाई सक्षम बनाउन र लाखौँ उपभोक्तासम्म उनीहरूको पहुँच सुनिश्चित गर्न सधैँ प्रतिबद्ध छौँ।’
सम्मेलनमा विभिन्न २२ विधामा उत्कृष्ट बिक्रेता तथा एफिलिएटहरूलाई पुरस्कृत गरिएको थियो। यस वर्षको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२५’ को उपाधि ‘वान प्लस’ ले जितेको छ।
त्यसैगरी, ‘मेड इन नेपाल अवार्ड’ बाट ‘त्रिकाय’ र ‘टप एसएमई सेलर अवार्ड’ बाट ‘स्मार्ट च्वाइस एनपी’ सम्मानित भएका छन्।
दराजले आफ्ना बिक्रेताहरूको दिगो विकासमा सहयोग गर्दै नेपालको ई-कमर्स क्षेत्रलाई थप बलियो बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
भदौ ६, २०८२ शुक्रबार १०:३०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।