पोखरामा प्रोटोनका १० वटा इलेक्ट्रिक एसयूभी एकैपटक हस्तान्तरण

पोखरामा प्रोटोनका १० वटा इलेक्ट्रिक एसयूभी एकैपटक हस्तान्तरण

पोखरा : प्रोटोन मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एकैपटक १० वटा ‘प्रोटोन इमास ७’ इलेक्ट्रिक एसयूभी ग्राहकलाई हस्तान्तरण गरेको छ।

मंगलबार आयोजित एक कार्यक्रममा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका उच्च व्यवस्थापनका अधिकारीहरूको उपस्थितिमा गाडीहरू हस्तान्तरण गरिएको हो।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले यो सामूहिक हस्तान्तरणले ग्राहकको विश्वासलाई दर्शाएको बताए।

उनले भने, ‘यो ग्रिनर नेपाल तर्फको हाम्रो यात्राको सुरुवात मात्र हो।’

कम्पनीका अनुसार प्रोटोन इमास ७ मा १६० किलोवाटको मोटर, फराकिलो भित्री भाग, उन्नत सुरक्षा प्रविधि र ८ वर्षको ब्याट्री वारेन्टी जस्ता विशेषताहरू छन्।

कम्पनीले आकर्षक फाइनान्सिङ योजना, बिक्रीपछिको भरपर्दो सेवा र देशभर शोरुम तथा सर्भिस नेटवर्क विस्तार गरी विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ।

भदौ ६, २०८२ शुक्रबार ०९:४४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।