लुम्बिनी प्रदेशका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

बुटवल : लुम्बिनी प्रदेश सरकारले थारू समुदायको महत्वपूर्ण पर्व बड्का अट्वारीको अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेशका थारू समुदायको बाक्लो बसोबास रहेका छ जिल्लामा बिदा दिइने भएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बिदा दिने जानकारी दिएको छ।

यस वर्षको बड्का अट्वारी पर्व भदौ ८ गते आइतबार परेको छ। यो पर्व विशेषगरी थारू समुदायका पुरुषहरूले निराहार व्रत बसेर मनाउने गर्छन्। उनीहरूले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा पूजा गर्ने सांस्कृतिक मान्यता छ।

पौराणिक कथाअनुसार, पाँच पाण्डवमध्येका भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन रहिआएको छ। यो पर्व हरेक वर्ष कुशे औंसीपछिको पहिलो आइतबार मनाइन्छ।

भदौ ६, २०८२ शुक्रबार ०८:१७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।