टप एन्ड टी-२० सिरिजमा आज नेपाल र पाकिस्तान शाहिन भिड्दै

टप एन्ड टी-२० सिरिजमा आज नेपाल र पाकिस्तान शाहिन भिड्दै

काठमाडौं : अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आज  नेपाल र  पाकिस्तान शाहिनबीच स्पर्धा हुँदैछ।

सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तान शाहिनबीच प्रतिस्पर्धा हुन लागेको हो। शाहिन पाकिस्तानको ‘ए’  टोली हो।

खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरू हुनेछ।

सिरिजमा सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

भदौ ६, २०८२ शुक्रबार ०७:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।