
अभिनेता धिरज मगरले धोका दिएको भन्दै फिल्म ऐरीका निर्माताको उजुरी, १४ करोड क्षतिपूर्ति माग

काठमाडौं : सहमति अनुसार फिल्म सुटिङमा समय नदिएको आरोपसहित अभिनेता धिरज मगरविरुद्ध चलचित्र 'ऐरी' का निर्माताले नेपाल चलचित्र निर्माता संघमा १४ करोड ७९ लाख क्षतिपूर्ति मागसहित उजुरी दर्ता गराएका छन्।
निर्माता कमलबहादुर आलेले निर्माता कम्पनी मल्टिम्याट प्रालिका तर्फबाट दिएको उजुरीमा मगरले अनुबन्ध उल्लंघन गरी कम्पनीलाई ठूलो आर्थिक नोक्सान पुर्याएको दाबी गरिएको छ।
धिरज मगर १० लाख रुपैयाँ पारिश्रमिकमा फिल्म 'ऐरी' मा अभिनयको लागि अनुबन्धित भएर ४ लाख रुपैयाँ अग्रिम लिएको निर्माण कम्पनीको दाबी छ।
उनीमाथि ४१ दिनको छायाङ्कन अवधिमध्ये उनले केवल १६ दिन मात्र काम गरेको,बारम्बार सम्पर्क गर्दा पनि अनुपस्थित भएर "धोका" दिएको आरोप छ। मगर हाल अर्को फिल्म 'मैझारो' को छायांकनका लागि इलामको एक गाउँमा छन्।
फिल्म ऐरी दुई वर्ष अगाडि नै घोषणा गरेर २०२४ मै रिलिजको घोषणा भए पनि सुटिङमा जान सकेको थिएन। यसमा धिरजसँगै प्रदीप खड्का, भुटानी अभिनेत्री र अभिनेता चुम दरङ र साङगे सेल्ट्रिम अनुबन्ध भएका थिए।
भदौ ६, २०८२ शुक्रबार ००:१२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।