
लक्ष्मी ग्रुपले गैह्रीधारामा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी गर्दै

काठमाडौं : नेपालकै अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले आगामी साउन ७ र ८ गते (शनिबार र आइतबार) काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा “LAXPERIENCE 2025” नामक भव्य प्रदर्शनी आयोजना गर्ने भएको छ।
बिहान ११ बजेबाट बेलुकी ६:३० बजेसम्म चल्ने यो प्रदर्शनीमा हुन्डाई, बिएमडब्ल्यू, केई र फोर्थिङ जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूको सहभागिता रहनेछ। विशेषत: नेपालमा पहिलोपटक बिएमडब्ल्यूको सहभागिता रहने भएकाले यसले कारप्रेमीहरूलाई थप रोमाञ्चक अनुभव दिलाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनस, सजिलो फाइनान्स र इन्स्योरेन्स सेवा उपलब्ध हुनेछ। यसले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुक ग्राहकहरूका लागि उत्कृष्ट अवसर प्रदान गर्नेछ।
त्यसैगरी, आगन्तुकहरूले नवीनतम मोडल र प्रविधि प्रत्यक्ष अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने र व्यक्तिगत डिल पाउने अवसर पाउनेछन्।
केवल कारमा मात्र सीमित नभई, प्रदर्शनीलाई आकर्षक बनाउन नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र सबै उमेर समूहका लागि मनोरञ्जनात्मक गतिविधि पनि रहने आयोजकले जनाएको छ।
भदौ ५, २०८२ बिहीबार २१:१०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।