मेटलाइफ नेपालद्वारा ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम नियन्त्रण गर्नका लागि सहयोग

मेटलाइफ नेपालद्वारा ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम नियन्त्रण गर्नका लागि सहयोग

झापा : मेटलाइफ नेपालले सर्पदंश नियन्त्रणका लागि झापामा पहल सुरु गरेको छ।

कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गर्दै सर्पदंशको जोखिम न्यूनीकरणतर्फ कदम चालेको हो।

झापामा बढ्दो तापक्रम, कृषिमुखी जीवनशैली र ग्रामीण बस्तीहरूका कारण सर्पदंशको जोखिम उच्च रहेको उल्लेख गर्दै कम्पनीले जनचेतना, रोकथामका उपाय र उपचार पहुँचमा सुधार ल्याउन यो पहल गरेको जनाएको छ।

यस कार्यक्रमअन्तर्गत समुदायमा सर्पदंश रोकथाम र तुरुन्त उपचारबारे जानकारी फैलाउने, ग्रामीण बासिन्दालाई उपचारमा सजिलो पहुँच दिने र मृत्यु दर घटाउने लक्ष्य राखिएको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो। कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर, समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान दिनुका साथै समयमै उपचार सुनिश्चित गर्न प्रतिबद्ध छौँ,’ भन्दै यो अभियानले सुरक्षित र स्वस्थ भविष्य निर्माणमा योगदान गर्ने विश्वास व्यक्त गरे।

भदौ ५, २०८२ बिहीबार २१:०१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।