
शिक्षकहरूको ९५ प्रतिशत माग पूरा भइसकेको शिक्षामन्त्रीको दाबी

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकारात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको दाबी गरे।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकहरुका ९५ प्रतिशत माग पुरा गर्न सफल भएको बताए।
उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्तुष्टि राख्ने ठाउँ कसैको छैन। विधेयकमा आएका प्रतिक्रियाहरू सकारात्मक छ। हामीले गर्न सक्ने शिक्षक साथीहरूले ९५ प्रतिशत माग पूरा भएको छ। मन्त्रालयका साथीहरू निरन्तर संवादमा हुनुहुन्छ।’
उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएको भन्दै कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सक्ने समेत बताए।
उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समीक्षा गर्नुपर्ने बताए।
भदौ ५, २०८२ बिहीबार १८:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।