
महिलाहरू सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ : सुनिता डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलालाई सक्षम बनाउन आर्थिक सशक्तीकरण अनिवार्य रहेको बताएकी छन्।
बिहीबार काठमाडौंमा आयोजित तीज विशेष तथा महिला उद्यमी सम्मान कार्यक्रममा बोल्दै उनले महिला उद्यमीहरूको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिइन्।
‘महिलाहरू तब मात्र सक्षम हुन्छन् जब उनीहरू आर्थिक रूपमा सशक्त र आत्मनिर्भर हुन्छन्,’ डंगोलले भनिन्, ‘आर्थिक रूपमा बलियो भएपछि मात्र आफ्ना लागि आफैं निर्णय गर्ने क्षमता विकास हुन्छ।’
उपप्रमुख डंगोलले कार्यक्रममा सहभागी महिलाहरूलाई त सशक्त भन्दै, अन्य महिलाहरूलाई पनि आत्मनिर्भर बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरिन्। साथै, उनले सबैलाई तीजको शुभकामना दिँदै व्यवसायीक प्रगतिका लागि शुभेच्छा व्यक्त गरिन्।
भदौ ५, २०८२ बिहीबार १५:२७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।