
रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर संकलन भएको दाबी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानमा ३४ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको दाबी गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, अभियानका क्रममा हालसम्म ६५ लाख रुपैयाँ सहयोग रकम पनि संकलन भएको छ।
रास्वपाले सभापति लामिछानेमाथि सरकारले पूर्वाग्रह राखेको आरोप लगाउँदै त्यसको विरोधमा गत असार ७ गतेदेखि देशव्यापी अभियान सुरू गरेको थियो।
प्रवक्ता झाले भने, ‘यो अभियान पश्चिमदेखि पूर्वसम्म जारी छ। हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पनि हस्ताक्षर संकलन सुरु भएको छ, जसको नेतृत्व पार्टीका सचिवालय सदस्य दीपक बोहराले गरिरहनुभएको छ।’
भदौ ५, २०८२ बिहीबार १३:५७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।