लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति, भूमिको रक्षा गर्न सरकारसँग माग

लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति, भूमिको रक्षा गर्न सरकारसँग माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिको रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले उक्त सहमतितर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले नेपालको सार्वभौमिकतासँग जोडिएको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए।

‘लिपुलेक र कालापानीलगायतका भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने सहमति भएको कुरा आएको छ,’ उनले भने, ‘नेपालको भूभागको संरक्षण गर्न सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।’

यसै क्रममा सांसद नेपालीले देश सञ्चालकहरूबाटै संविधानको रक्षा हुनुपर्नेमा उल्टै अपमान भइरहेको टिप्पणी गरे।

उनले भ्रष्टाचार नियन्त्रण गरी जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्नेमा सरकार मानव तस्करको संरक्षणमा लागेको गम्भीर आरोपसमेत लगाए।

भदौ ५, २०८२ बिहीबार १३:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।