मकवानपुरगढीमा मोटरसाइकलले ठक्कर दिँदा ९२ वर्षीया वृद्धाको मृत्यु, चालक नियन्त्रणमा

मकवानपुरगढीमा मोटरसाइकलले ठक्कर दिँदा ९२ वर्षीया वृद्धाको मृत्यु, चालक नियन्त्रणमा

मकवानपुर :  मकवानपुरको मकवानपुरगढीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

मकवानपुरगढी गाउँपालिका-३ स्थित फुट्सल चोकमा मंगलबार बिहान भएको दुर्घटनामा ९२ वर्षीया नन्दकुमारी न्यौपानेको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, मक्राञ्चुलीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेकी पैदलयात्री न्यौपानेलाई बिहान करिब ९ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई मोटरसाइकल चालक र आफन्तले तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए।

थप उपचारका लागि सहकारी अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार साँझ ७:५० बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक मकवानपुरगढी-३, मक्राञ्चुली निवासी २४ वर्षीय सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ।

शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

भदौ ५, २०८२ बिहीबार ११:१५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।