फोर्थिङ फ्राइडेको ‘फ्राइडे टु फ्राइडे’ अफर सार्वजनिक, ५ वर्षसम्म बीमा र ६ वर्ष सर्भिसिङ निःशुल्क

फोर्थिङ फ्राइडेको ‘फ्राइडे टु फ्राइडे’ अफर सार्वजनिक, ५ वर्षसम्म बीमा र ६ वर्ष सर्भिसिङ निःशुल्क

काठमाडौं : प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड फोर्थिङ फ्राइडेले आफ्ना ग्राहकहरूका लागि ‘फ्राइडे टु फ्राइडे, २०२५-२०३०’ नामक एक विशेष योजना सार्वजनिक गरेको छ।

नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रालिले ल्याएको यो ५ वर्षे योजनाले ईभी खरिदलाई थप आकर्षक बनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले फोर्थिङ फ्राइडेको ईभी खरिद गर्दा ५ वर्षसम्मको निःशुल्क अटो प्लस इन्स्योरेन्स, ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ र घरमै चार्जिङका लागि ७ किलोवाटको चार्जर पाउनेछन्।

लक्ष्मी ई-मोबिलिटीका अनुसार यो अफरले ग्राहकको विश्वास बढाउने र नेपालमा दिगो यातायातलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। फोर्थिङ फ्राइडेलाई प्रतिष्ठित लक्ष्मी समूहअन्तर्गतको कम्पनीले नेपाली बजारमा वितरण गर्दै आएको छ।

भदौ ५, २०८२ बिहीबार ०९:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।