
गाजा सिटी कब्जा गर्न इजरायली सेनाको कारबाही सुरू

एजेन्सी : इजरायली सेनाले गाजा सिटीमाथि कब्जा जमाउने र त्यसलाई आफ्नो नियन्त्रणमा लिने योजना अन्तर्गत सैन्य कारबाही सुरू गरेको जनाएको छ।
सेनाका अनुसार, गाजा सिटीको बाहिरी इलाकाहरूमा उसको नियन्त्रण कायम भइसकेको छ।
एक सैन्य प्रवक्ताले जैतुन र जबालियाजस्ता क्षेत्रहरूमा कब्जाको तयारीका लागि सैनिकहरू पहिल्यैदेखि तैनाथ गरिएको जानकारी दिएका छन्।
यो सैन्य अभियानलाई मंगलबार रक्षामन्त्री इजरायल काट्जले स्वीकृति दिएका थिए र यसलाई यो हप्ताको अन्त्यमा सुरक्षा क्याबिनेटसमक्ष प्रस्तुत गरिनेछ।
प्यालेस्टाइनी नागरिकहरूमाथि पर्ने असरलाई लिएर इजरायलको यो कदमको अन्तर्राष्ट्रिय स्तरमा कडा विरोध भइरहेको छ।
यसैबीच, समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा बाधा पुर्याएको र 'निर्दोष नागरिकहरूविरुद्ध बर्बर युद्ध जारी राखेको' आरोप लगाएको छ।
भदौ ५, २०८२ बिहीबार ०८:००:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।