तीन हजार विन्दु छोएर झर्न थालेको नेप्से परिसूचक २८ सय सुने संघर्षमा, कारोबार रकम पाँच अर्ब मात्र

तीन हजार विन्दु छोएर झर्न थालेको नेप्से परिसूचक २८ सय सुने संघर्षमा, कारोबार रकम पाँच अर्ब मात्र

काठमाडौं : ३ हजारको विन्दु छोएर ओरालो लागेको नेप्से परिसूचक २८ टेक्न संघर्ष गरिरहेको छ। तर सम्भव भएको छैन। कारोबार रकम निरन्तर ओरालो लागिरहेको छ। बुधवार दिनभरको कारोबारमा पनि यो संघर्ष कायम रह्यो। प्रारम्भमा बजारले सकारात्मक संकेत देखाए पनि बजार बन्द हुँदा भने ९.७० अङ्क घट्यो।  

नेप्से परिसूचक ९.७० अङ्कले घटेपछि नेप्से २ हजार ७ सय ६७ अङ्कमा आइपुगेको छ। बुधवार कारोबार रकम घटेर पाँच अर्ब २० करोड मात्र भयो। मंगलबार ५ अर्ब ६३ करोडको कारोबार भएको थियो।

बुधवार दिनभरको कारोबारमा ५९ कम्पनीको मूल्य बढ्यो भने १ सय ८८ कम्पनीको  मूल्य घट्यो। २ वटा कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबारमा होटेल तथा पर्यटन समूहको सेयर  २.०३ प्रतिशत बढ्यो। यो नै सर्वाधिक बढेको समूह हो। व्यापार समूहको सेयर मूल्य सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो। अन्य समूहको दर १ प्रतिशतले घट्यो।

बुधवार बैङ्किङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशत घटे।

बुधवारबाट कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। चन्द्रागिरि हिल्सको ७.४२, सगरमाथा जलविद्युत् कम्पनीको ३.८४, विन्ध्यवासिनी हाइड्रोपावरको ३.७४ प्रतिशत सेयर मूल्य बढ्यो।

पञ्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो। अपर स्याङ्गे हाइड्रोपावरको ४.६, अपर हेवाखोलाको ३.४, युनाइटेड इदी मर्दीको मूल्य ३.०९ प्रतिशत घट्यो।

नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत्  धेरै कारोबार हुने पाँच कम्पनीमा परे।

भदौ ४, २०८२ बुधबार १६:५१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।