नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य, कप्तानी ऐरीले बनाए २८ बलमा २६ रन

नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य, कप्तानी ऐरीले बनाए २८ बलमा २६ रन

काठमाडौं : अष्ट्रेलियामा जारी टप एन्ड सिरिजको चौथो खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपाली टोलीले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

नेपालका लागि कुशल मल्लले २२ बलमा २९, दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७, लोकश बमले १६ बलमा २४ रन बनाउँदा भिम सार्कीले १२ बलमा १७ रन, रुपेश सिंहले २१ बलमा १६ रन र आरिफ शेखले ७ बलमा १२ रन जोडे।

मेलबर्नका फरगर ओनिल, कलम स्टो, लाछलान ब्याङ्स र माइकल आर्चरले समान दुई–दुई विकेट लिए। मेलबर्नले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

आजको खेलमा नेपालको तर्फबाट उपकप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको कप्तानी सम्हालेका छन्। नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएपछि ऐरीले कप्तानीको जिम्मेवारी पाएका हुन्।

यसका अलावा आशिफ शेख, सन्दीप लामिछाने, करण केसीलाई पनि विश्राम दिइएको छ।

भदौ ४, २०८२ बुधबार १२:५३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।