अफगानिस्तानमा बस दुर्घटना हुँदा १७ बालबालिकासहित ७१ जनाको मृत्यु

अफगानिस्तानमा बस दुर्घटना हुँदा १७ बालबालिकासहित ७१ जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको हेरात प्रान्तमा आप्रवासी बोकेको एक बस, ट्रक र मोटरसाइकलसँग ठोक्किँदा भयानक दुर्घटना भएको छ।

दुर्घटनापछि बसमा आगो लाग्दा १७ जना बालबालिकासहित कम्तीमा ७१ जनाको जलेर मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार, उक्त बस इरानबाट निष्कासित गरिएका अफगान आप्रवासीहरूलाई लिएर राजधानी काबुलतर्फ जाँदै थियो। बसमा सवार सबै यात्रुहरू इस्लाम काला सीमा नाका पार गरेर आएका थिए।

हेरातका प्रान्तीय प्रवक्ता अहमदुल्लाह मुत्ताकीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत मृत्युको पुष्टि गर्दै यसलाई हालका वर्षहरूमा भएको सबैभन्दा डरलाग्दो सडक दुर्घटनाको रूपमा वर्णन गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा बस पूर्ण रूपमा जलिरहेको र मानिसहरू अत्तालिएर भागदौड गरिरहेको दृश्य देखिन्छ। घटनाले अफगानिस्तानमा शोकको लहर छाएको छ

भदौ ४, २०८२ बुधबार १२:३४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।