नाडा अटो शोमा टाटाको विद्युतीय गाडी सार्वजनिक, ‘आजीवन निःशुल्क चार्जिङ’ सुविधा

एजेन्सी : टाटा मोटर्सले आफ्नो आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङसँगको सहकार्यमा नाडा अटो शो २०२५ मा आफ्ना नयाँ विद्युतीय गाडीहरू सार्वजनिक गर्दै ‘आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ’को अफर घोषणा गरेको छ।
प्रदर्शनीमा टियागो ईभीलाई नयाँ ‘एरिजोना ब्लु’ रङमा पहिलो पटक प्रस्तुत गरिएको छ भने कर्व, नेक्सन केथ्री, र पन्च ईभी जस्ता भविष्यउन्मुख मोडलहरू मुख्य आकर्षण बनेका छन्।
यसका साथै, कम्पनीले एडास, मेमोरी सिट जस्ता प्रिमियम विशेषताहरू सहितको नयाँ सफारी पनि सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य एक करोड २१ लाख ९९ हजार तोकिएको छ।
ग्राहकलाई आकर्षित गर्न टाटाले निःशुल्क चार्जिङका अतिरिक्त आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, ३ वर्षसम्मको निःशुल्क सर्भिसिङ, निःशुल्क बीमा, घरमै चार्जिङ स्टेसन जडान र अन्य सुविधाहरू सहितको बृहत् प्याकेज ल्याएको छ।
कम्पनीका प्रतिनिधिहरूका अनुसार, यी नयाँ उत्पादन र अफरहरूले नेपालमा विद्युतीय सवारी क्रान्तिलाई तीव्र गति दिँदै ग्राहकहरूलाई हरेक बजेट र आवश्यकताअनुसार दिगो तथा आधुनिक विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ।
भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने यस प्रदर्शनीमा टाटाले सबै अटोप्रेमीहरूलाई आफ्ना नयाँ गाडी र अफरहरूको अवलोकनका लागि आमन्त्रण गरेको छ।
भदौ ४, २०८२ बुधबार ११:५३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।