रोहितलाई आराम, दीपेन्द्रको कप्तानीमा नेपाल ब्याटिङ गर्दै

काठमाडौं : अष्ट्रेलियामा जारी टप एन्ड सिरिजको चौथो खेलमा नेपाली क्रिकेट टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।
आजको खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको कप्तानी सम्हालेका छन्।
नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएपछि ऐरीले कप्तानीको जिम्मेवारी पाएका हुन्। रोचक कुरा, अघिल्लो खेलमा दीपेन्द्रलाई नै आराम दिइएको थियो।
विश्वकपको तयारीलाई ध्यानमा राख्दै नेपाली टोलीका प्रशिक्षकले प्रतियोगितामा सबै खेलाडीलाई परीक्षण गर्ने र अवसर दिने उद्देश्यले खेलाडीहरूलाई पालैपालो विश्राम दिइरहेका छन्।
सोही रणनीतिअनुसार आज रोहितको स्थानमा दीपेन्द्रले टोलीको नेतृत्व गरेका हुन्।
भदौ ४, २०८२ बुधबार ११:१५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।