नाडा अटो शोमा फोटोनको हाइब्रिड ‘भी९’ र इलेक्ट्रिक ‘ई-टुनल्यान्ड’ सँगै जी७ प्रदर्शनमा

नाडा अटो शोमा फोटोनको हाइब्रिड ‘भी९’ र इलेक्ट्रिक ‘ई-टुनल्यान्ड’ सँगै जी७ प्रदर्शनमा

काठमाडौं : नेपाली बजारमा टुनल्यान्ड जीसेभेन जीसेभेन को सफलतापछि फोटोनले नाडा अटो शोमा आफ्ना शक्तिशाली पिकअपहरू प्रदर्शनमा राखेको छ।

यस पटकको प्रदर्शनीमा हाइब्रिड मोडल ‘टुनल्यान्ड भीनाइन’, सफल मोडल ‘टुनल्यान्ड जीसेभेन’ र पूर्ण इलेक्ट्रिक ‘ई-टुनल्यान्ड’ मुख्य आकर्षण बनेका छन्।

टुनल्यान्ड भीनाइन एक शक्तिशाली हाइब्रिड पिकअप हो, जसलाई हरेक प्रकारको सडक र कठिन परिस्थितिमा चलाउन सकिने गरी डिजाइन गरिएको छ।

व्यावसायिक कार्यदेखि साहसिक यात्रासम्मका लागि उपयुक्त यस गाडीको दमदार इन्जिन र आकर्षक डिजाइनले अवलोकनकर्ताहरूको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

नेपालमा लोकप्रिय भइसकेको स्टाइलिश पिकअप टुनल्यान्ड जीसेभेन पनि शोमा प्रदर्शन गरिएको छ। सहज ड्राइभिङ, आरामदायी इन्टेरियर र आकर्षक लुकका कारण यो मोडल ग्राहकको रोजाइमा पर्दै आएको छ।

प्रदर्शनीमा राखिएको पूर्ण इलेक्ट्रिक ई-टुनल्यान्डले पिकअप सेगमेन्टमा फोटोनको भविष्यउन्मुख र वातावरणमैत्री कदमलाई जनाउँछ। यो मोडलले शक्ति र प्रदर्शनमा सम्झौता नगरी इन्धनरहित र पर्यावरणमैत्री विकल्प प्रदान गर्दछ।

उच्च पर्फर्मेन्स, दमदार डिजाइन र विश्वसनीयताका लागि परिचित यी मोडलहरूले नाडा अटो शोमा फोटोनको उपस्थितिलाई मजबुत बनाएका छन्।

भदौ ४, २०८२ बुधबार ११:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।