सुजुकी ई-भिटारा नाडा अटो शोमा सार्वजनिक, आकर्षक 'पर्वोत्सव अफर' पनि घोषणा

एजेन्सी : सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले नाडा अटो शो २०८२ को अवसर पारेर आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ सार्वजनिक गरेको छ।
यसका साथै कम्पनीले दशैं-तिहारलाई लक्षित गरी ‘सुजुकी पर्वोत्सव अफर’ नामक आकर्षक ग्राहक योजना पनि घोषणा गरेको छ।
यो योजना अन्तर्गत ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको निःशुल्क सवारी बिमा, ५ वर्षको निःशुल्क प्रिमियम सर्भिस पार्टस्, तथा २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस जस्ता महत्वपूर्ण सुविधा प्राप्त गर्न सक्नेछन्।
विशेषगरी, नाडा अवधिभर गाडी खरिद गर्नेहरूका लागि स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट र १० जना भाग्यशाली विजेतालाई एक-एक तोला सुन प्रदान गरिने बम्पर उपहारले यस योजनालाई थप आकर्षक बनाएको छ।
साथै, अल्टो र सेलेरियोमा १ वर्षको शून्य प्रतिशत ब्याजदरको सुविधा पनि उपलब्ध गराइएको छ।
सुजुकीको पहिलो मास-प्रोडक्सन इलेक्ट्रिक गाडीको रूपमा सार्वजनिक भएको ई-भिटाराले नेपाली इलेक्ट्रिक मोबिलिटीमा नयाँ अध्यायको सुरुवात गरेको छ।
विश्वस्तरीय डिजाइन, अत्याधुनिक प्रविधि र सुजुकीको भरपर्दो विरासत बोकेको यो एसयूभीलाई नेपाली सडक र यहाँको जीवनशैली अनुकूल बनाइएको कम्पनीले बताएको छ।
नयाँ हर्टेक्ट-ई प्लेटफर्ममा निर्मित यसले उत्कृष्ट प्रदर्शन, आरामदायी यात्रा र उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्दछ।
५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने शक्तिशाली ब्याट्री, पानोरामिक सनरुफ र इन्फिनिटी बाइ हर्मन साउन्ड सिस्टम सहितको प्रिमियम इन्टेरियर, तथा लेभल टु एडास, ७ वटा एयरब्याग जस्ता एड्भान्स्ड सुरक्षा प्रणाली यसका मुख्य आकर्षण हुन्।
भारतमा उत्पादित यो गाडी विश्वका १०० भन्दा बढी देशमा निर्यात गरिनेछ।
सुजुकीले सन् २०३० भित्र ६ वटा नयाँ ईभी ल्याउने योजना राखेको छ र ब्याट्री इलेक्ट्रिकका साथै हाइब्रिड र सीएनजी जस्ता अन्य ग्रीन मोबिलिटी विकल्पहरूमा पनि आफ्नो लगानी विस्तार गरिरहेको छ।
भदौ ४, २०८२ बुधबार ११:०१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।