अटिजम क्षेत्रमा कार्यरत संस्था एफपीसीएलाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

काठमाडौं : सोसाइटी इन्टरनेशनलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत अटिजम भएका बालबालिकाका अभिभावकहरूको संस्था (एफपीसीए) लाई आर्थिक सहयोग प्रदान गरेको छ।
सोमबार आयोजित एक कार्यक्रममा सोसाइटी इन्टरनेशनलले एफपीसीएलाई एक वर्षसम्म मासिक रूपमा सहयोग गर्ने प्रतिबद्धतासहित पहिलो किस्ताको चेक हस्तान्तरण गरेको हो।
कार्यक्रममा सोसाइटी इन्टरनेशनलका जिएसए अफेयर हेड सन्तोष विक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई चेक हस्तान्तरण गरे।
सहयोग हस्तान्तरण गर्दै राणाले जनचेतनाको अभावले समाजमा अटिजम भएका बालबालिकालाई हेर्ने दृष्टिकोण फरक रहेको बताए।
उनले यस्ता बालबालिकालाई सामाजिक र आर्थिक सहयोगको आवश्यकता रहेको औंल्याउँदै यसको न्यूनीकरणका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए।
एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजम भएका व्यक्तिहरू पनि देशकै नागरिक भएकाले उनीहरूको सुरक्षाको दायित्व सरकारले लिनुपर्ने बताइन्।
विगत १० वर्षदेखि एफपीसीएले अटिजम भएका व्यक्ति तथा बालबालिकाका लागि डे-केयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ।
संस्थाले व्यक्तिगत शिक्षा योजनाअनुसार पठनपाठन र विशिष्ट थेरापी सेवाहरू समेत प्रदान गर्दै आएको छ।
भदौ ४, २०८२ बुधबार १०:४६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।