सप्तरीमा वडाध्यक्षको मृत्यु

राजविराज : सप्तरीको राजगढ गाउँपालिका-५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा मृत्यु भएको छ।
अर्बुद(क्यान्सर) रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान मृत्यु भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्।
जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनका दुई छोरा र तीन छोरी छन्।
भदौ ४, २०८२ बुधबार १०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।