काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका-५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका-८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ।

पाँचखालतर्फ गइरहेको ट्रकले उहाँलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको पाँचखाल स्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौंबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो।

गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

भदौ ४, २०८२ बुधबार १०:१०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।