ट्रम्पले भारत-पाकिस्तान द्वन्द्व अन्त्य गर्न व्यापारको प्रयोग गरेको ह्वाइट हाउसकी प्रवक्ताको दाबी

एजेन्सी : अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तान द्वन्द्व अन्त्य गर्न ‘व्यापार’लाई दबाबको रूपमा प्रयोग गरेको बताएकी छन्।
लेविटले पत्रकार सम्मेलनमा अप्रिलमा पहलगाम हमला र त्यसपछिको अपरेशन सिन्दूरपछि भारत-पाकिस्तान द्वन्द्व रोक्न ट्रम्पले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
लेविटका अनुसार ट्रम्पले व्यापारलाई हतियारको रूपमा प्रयोग गरेर यो द्वन्द्व समाप्त गरे।
ट्रम्पले अजरबैजान र आर्मेनियाका नेताहरूसँग शान्ति वार्तामा पनि संलग्न भएको र रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कंगो बीचको द्वन्द्व अन्त्य गर्न मद्दत गरेको लेभिटले बताइन्।
विदेशमन्त्री मार्को रुबियोले ट्रम्पलाई विश्वभरका द्वन्द्वहरूको बारेमा नियमित रूपमा अपडेट दिने गरेको पनि उनले जानकारी दिइन्।
ह्वाइट हाउसका अनुसार ट्रम्पको अहिलेको मुख्य ध्यान रुस-युक्रेन युद्ध र इजरायल-गाजा द्वन्द्व अन्त्य गर्नुमा छ।
ट्रम्पले यसअघि पनि धेरै पटक भारत-पाकिस्तान द्वन्द्व अन्त्य गर्ने श्रेय लिएका छन्। मे महिनामा भएको द्वन्द्वको क्रममा भारतले अपरेशन सिन्दूर अन्तर्गत पाकिस्तान र पीओकेमा रहेका आतंकवादी शिविरहरूमा हमला गरेको थियो।
भदौ ४, २०८२ बुधबार ०७:५९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।