किरिया बसेको घरमा चट्याङ लाग्दा एकजनाको मृत्यु, सात जना घाइते

किरिया बसेको घरमा चट्याङ लाग्दा एकजनाको मृत्यु, सात जना घाइते

बागमती : मकवानपुरको मनहरी गाउँपालिका-६ हाङलाङमा आज दिउँसो चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय पालबहादुर घलानको घरमा किरिया संस्कारका काममा जुटिएका बेला चट्याङ परेको हो। घटनामा ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको छ।

चट्याङ लागेर १२ वर्षीया बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ति नगरपालिका-११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन्।

घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भदौ ३, २०८२ मंगलबार २२:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।