संविधानप्रति गुनासो गर्दै देउवाले भने- प्रतिस्पर्धी दलसँग मिलेर हिड्नुपर्ने बाध्यता छ

संविधानप्रति गुनासो गर्दै देउवाले भने- प्रतिस्पर्धी दलसँग मिलेर हिड्नुपर्ने बाध्यता छ

काठमाडौं : पछिल्लो समय हरेक दलका नेताहरू सरकार अस्थिर हुनुमा संविधानलाई दोष दिँदै आएका छन्। संविधान निर्माणका क्रममा प्रमुख दलको रुपमा रहेका यिनै दल थिए जो आज संविधानप्रति गुनासो गरिरहेका छन्। पछिल्लो समय यो क्रम अझ बढ्दै छ।  

देउवाले आजपनि संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने बाध्यता रहेको सुनाए। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व.खड्ग बहादुर बस्यालको श्रद्धान्जली सभामा बोल्दै उनले समावेशी, समानुपातिक आधारको संविधानका कारण कुनै पार्टीको बहुमत नआउने भएकाले प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने बाध्यता रहेको बताए।

‘अहिलेको जुन संविधान छ यो समावेशी समानुपातिक आधारको छ। कुनै पार्टीको बहुमत आउँदैन। त्यस्तो किसिमको अवस्था छ। सबै पार्टीसँग मिलेर हिड्नुपर्ने आवश्यकता छ। बाध्यता छ,’ उनले भने, ‘त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ। सबै पार्टीहरू मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिस्पर्धासँग मिलेर काम गर्नुपर्ने अवस्था छ।’

त्यस्तै उनले समावेशी संविधान बनेको कारण महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार समेटिएको बताए । 

भदौ ३, २०८२ मंगलबार १९:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।