नाडा अटो शो २०२५ : यामाहा नेपालद्वारा एमटी-१५ भी २ र एफजेड-एस भी ३ डीएलएक्सका नयाँ भेरियन्ट सार्वजनिक

नाडा अटो शो २०२५ : यामाहा नेपालद्वारा एमटी-१५ भी २ र एफजेड-एस भी ३ डीएलएक्सका नयाँ भेरियन्ट सार्वजनिक

काठमाडौं : यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकल मोडलहरू एमटी-१५ भी २ र एफजेड-एस भी ३ डीएलएक्सका नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ।

एमटी-१५ भी अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टमा उपलब्ध छ भने एफजेड-एस भी ३ डीएलएक्स “ICE FLUO VERMILLION” भेरियन्टमा हेर्न सकिन्छ।

भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भएको अनावरण कार्यक्रम यस मेलाको प्रमुख आकर्षण बनेको थियो। कार्यक्रममा एमएडब्लु राइड्स प्रा. लि. का अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडा अटो शोका अध्यक्ष श्री करण चौधरीको उपस्थिति रहेको थियो।

अटो शोमा यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूले यी नयाँ मोडेलहरू प्रत्यक्ष हेर्न पाउने मात्र नभई यामाहा मोटरसाइकल र स्कूटर सिरिजको अनुभव पनि लिन सक्नेछन्। यस अवसरमा छानिएका मोडेलमा छुट, मोटोजीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने विशेष अफर पनि दिइएको छ।

अग्रवालले थपे, “नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरू माझ पुर्याउने उत्कृष्ट प्लेटफर्म हो।”

नाडा अटो शो ३ भदौदेखि ८ भदौसम्म सञ्चालन हुनेछ। एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल आधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कसहित दुई-पाङ्ग्रे सवारी क्षेत्रमा अग्रणी रहेको छ।

भदौ ३, २०८२ मंगलबार १९:३७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।