भ्रष्टाचारले गन्हाएका मान्छेहरूले नै सुशासनको गफ दिएको देख्दा अचम्म लाग्छ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन्।
मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्ट्राचारीहरूले नै सुशासनको गफ दिँदा देश दुर्गतीमा फस्दै गएको बताए। उनले नेपालको राजनीतिमा आफू सधैं भ्रष्टाचारको विरुद्धमा रहेको बताए।
‘भ्रष्टाचारले गन्हाएका मान्छेहरूले सुशासनको गफ दिएर बसेका छन्। तिनै मान्छेहरू संस्थाहरूमा गएर अर्ति उपदेश दिएको सुन्छु। तर म गर्भका साथ भन्छु, नेपालको राजनीतिमा कोही एउटा पात्र छन् भने म मात्रै हुँ। जो भ्रष्टाचारको विरुद्धमा छु। मैले भ्रष्टाचार गरेको छैन र म भविष्यमा पनि गर्नेछैन,’ उनले भने।
भदौ ३, २०८२ मंगलबार १८:२४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।