मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी बस्नेतलाई इन्टरपोलले दुबईमा पक्रेर नेपाल पठायो

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी बस्नेतलाई इन्टरपोलले दुबईमा पक्रेर नेपाल पठायो

काठमाडौं : मानव बेचबिखन र ओसार-पसार मुद्दामा इन्टरपोलले रेड नोटिस जारी भएका फरार प्रतिवादी कुल बहादुर बस्नेत पक्राउ परेका छन्।

कीर्तिपुर-४ गाम्चामा बस्दै आएका रूकुम पश्चिम बाफिकोट–२ घर भएका उनीलाई एनसिबि अबु धाबी को समन्वयमा युएईमा समातिएको हो।

उनीमाथि २०८१ पुस ११ गते नै इन्टरपोल महासचिवालयमार्फत रेड नोटिस जारी गरिएको थियो। नेपाल प्रहरीको अनुरोधमै अन्तर्राष्ट्रिय स्तरमा खोजी हुँदै आएका उनी सोमबार नेपाल फर्काइएका छन्।

बस्नेतलाई मानव बेचबिखन ब्यूरोमा बुझाइएको छ। अब उनीमाथि कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने भएको छ।

भदौ ३, २०८२ मंगलबार १८:१३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।