जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरू ‘नाडा अटो शो २०२५’ मा सार्वजनिक

जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरू ‘नाडा अटो शो २०२५’ मा सार्वजनिक

काठमाडौं : विश्वप्रसिद्ध चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयर का नयाँ मोडलहरू आजदेखि काठमाडौंमा सुरु भएको नाडा अटो शो २०२५ मा सार्वजनिक भएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेलामा जिली ईएक्स ५ म्याक्स, ईएक्स ५ प्रो, जेवाई एयर अल्ट्रा र एयर लाईट नेपाली बजारमा औपचारिक रूपमा प्रस्तुत गरिएका हुन्। अत्याधुनिक सुविधासहितका यी मोडलहरू उपभोक्ताका लागि आजदेखि नै टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन्।

जिली ईएक्स ५ लाई चीनको ड्रिमस्मार्ट को अधिकृत आयातकर्ता एलआरआर मोटर्स ले भित्र्याएको हो। एलआरआर मोटर्स नै नेपालका लागि जेवाई अटो ग्रुप को आधिकारिक आयातकर्ता पनि हो।

यस वर्षको अटो शोमा कम्पनीले विशेष छुट योजना सार्वजनिक गरेको छ। आकर्षक डिजाइन र सुविधासहितको जिली ईएक्स५ म्याक्स वास्तविक मूल्य रु. ६७.९९ लाख भए पनि अहिले मात्र रु. ६४.९९ लाखमा उपलब्ध हुनेछ। त्यस्तै जिली ईएक्स५ प्रो ५८ लाखको सट्टा रु. ५४.९९ लाखमै खरिद गर्न सकिनेछ।

जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि छुटको योजना लागू भएको छ। सुरुमा रु. ६८ लाख मूल्य रहेको जेवाई एयर अल्ट्रा रु. ६४.९९ लाखमा र रु. ५४ लाख मूल्य रहेको जेवाई एयर लाईट रु. ४९.९९ लाखमै उपलब्ध हुनेछन्।

ग्राहकलाई आकर्षित गर्न कम्पनीले विशेष बुकिङ अफर पनि ल्याएको छ। रु. २ लाखको नन-रिफन्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आईफोन १६ प्रो म्याक्स, एक तोला सुन वा रु. १ लाख ८० हजारसम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर पाउनेछन्।

एलआरआर मोटर्सले यो योजनाले नेपाली बजारमा ई-मोबिलिटीलाई अझ लोकप्रिय र सहज बनाउने विश्वास व्यक्त गरेको छ।

भदौ ३, २०८२ मंगलबार १७:३९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।