‘कुनै बेला अपर्झट प्रस्तावहरू दर्ता गर्नुपर्ने हुनसक्छ भनेर हस्ताक्षर गरेका हौं’

काठमाडौं : एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको दाबी गरेका छन्। उनले आफूसम्म त्यसबारे सूचना नआएको पनि हुनसक्ने बताए।
मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले कांग्रेस र एमालेले एकैदिन सांसदहरूको हस्ताक्षर लिएको विषय सल्लाहको परिणाम नभई संयोग मात्रै भएको बताए। उनले भने, ‘यो कुनै विशेष काम वा उपसभामुखलाई लक्षित गरेर गरिएको होइन। संयोगले मात्रै एकैदिन परेको हो।’
भट्टराईले सांसदहरूको हस्ताक्षर संकलन नेपालमा मात्र नभएर संसदीय अभ्यास भएका देशहरूमा पनि सामान्य मानिने बताए।
‘यो अहिलेको कुरा होइन, २०४८ सालदेखि चलिआएको चलन हो। दलले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिराख्छ। कुनै बेला अपर्झट प्रस्ताव दर्ता गर्नुपर्ने अवस्थामा, कतिपय सांसद विदेश वा काठमाडौं बाहिर हुने सम्भावनाका कारण पूर्वतयारीका लागि हस्ताक्षर गरिन्छ।’
भदौ ३, २०८२ मंगलबार १५:००:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।