रविलाई भिटामिन ‘डी’ को कमी, नख्खु कारागार पुगे चिकित्सक

रविलाई भिटामिन ‘डी’ को कमी, नख्खु कारागार पुगे चिकित्सक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको स्वास्थ्यमा भिटामिन ‘डी’ को कमी देखिएको छ।

हिजो अस्वस्थ भएपछि गराइएको रगत परीक्षणको रिपोर्टमा भिटामिन ‘डी’ को मात्रा कम पाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

प्रवक्ता झाले भने, ‘रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेर धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ।’

स्वास्थ्यका केही विषयमा सावधानी अपनाउन आवश्यक रहेको भन्दै डा. जितेन्द्रप्रसाद यादव लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्।

भदौ ३, २०८२ मंगलबार १३:०२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।