टप एन्ड टी-२० श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै

काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गतनेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ।
अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो। नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो।
होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ। उसले यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मलेबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो।
भदौ ३, २०८२ मंगलबार ११:५५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।