
मंगलबार ०३ भदौ, २०८२
त्रियुगामा माछा मार्न गएका एक जना बेपत्ता

सांकेतिक तस्बिर
गाईघाट : उदयपुरको चौदण्डीगढी नगरपालिका-६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए। दिनको ३ बजेतिर खोलामा गएका राई बेपत्ता भएका हुन्।
बेपत्ता राईको खोजी गए रातिसम्म जारी रहेको र आज बिहानदेखि पुनः सुरू गरिएको सूचना अधिकारी दोङले बताए। बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन्।
भदौ ३, २०८२ मंगलबार ११:२८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।