१२ सयले घट्यो सुनको मूल्य

१२ सयले घट्यो सुनको मूल्य

काठमाडौं : साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ।

यो गिरावटसँगै आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार यसको मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला २ हजार ३०० रुपैयाँमा झरेको छ, जुन सोमबार २ हजार ३१५ रुपैयाँ थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा नेपालमा दैनिक सुनचाँदीको नयाँ मूल्य निर्धारण गर्दै आएको छ।

भदौ ३, २०८२ मंगलबार १०:५९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।