युक्रेन-रूस शान्ति सम्झौता : राष्ट्रपति जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता, सुरक्षा ग्यारेन्टीमा अमेरिकाको समर्थन

युक्रेन-रूस शान्ति सम्झौता : राष्ट्रपति जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता, सुरक्षा ग्यारेन्टीमा अमेरिकाको समर्थन

एजेन्सी : युक्रेन र रूसबीच शान्ति सम्झौता गर्ने प्रयासका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन्।

भेटवार्तापछि राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग आफ्नो लामो र विस्तृत छलफल भएको बताए। छलफलमा सुरक्षा ग्यारेन्टीसहित कई महत्त्वपूर्ण विषयमा कुराकानी भएको उनले जानकारी दिए।

उनका अनुसार, अमेरिकाले युक्रेनको सुरक्षा ग्यारेन्टीलाई समर्थन गरेको छ। साथै, युद्धबन्दी र नागरिकहरूको रिहाइका लागि पनि सहमति जुटेको छ।

जेलेन्स्कीले रूस र युक्रेनबीचका संवेदनशील मुद्दाहरू समाधान गर्न एक बैठकको आयोजना गर्न राष्ट्रपति ट्रम्पले समर्थन गरेकोमा अमेरिकी राष्ट्रपतिप्रति आभार व्यक्त गरे।

उनले भने, ‘रूस र युक्रेनबीच द्विपक्षीय बैठकलाई समर्थन छ, तर हामी त्रिपक्षीय बैठकका लागि पनि तयार छौँ।’

यद्यपि, उनी र रूसी राष्ट्रपति पुटिनबीच भविष्यमा हुने कुनै पनि वार्ताको मिति भने हालसम्म तय भइसकेको छैन।

युक्रेनी राष्ट्रपतिले युरोपेली नेताहरूलाई धन्यवाद दिँदै यसलाई युरोप र अमेरिकाबीचको ‘एकताको उत्कृष्ट उदाहरण’ भएको बताए।

यसअघि अगस्ट १५ मा अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि राष्ट्रपति ट्रम्पले शान्ति वार्ताका लागि जेलेन्स्की र युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा निमन्त्रणा दिएका थिए।

भदौ ३, २०८२ मंगलबार ०८:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।