
घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, कञ्चनपुरको टोलीले यादवलाई घुससहित पक्राउ गरेको थियो। सेवाग्राहीबाट रु सात लाख ३१ हजार घुस लिइसकेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
अनुसन्धानको सिलसिलामा यादवले घुस-रिसवत माग गरी लिएको स्थापित भएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको उनले बताए।
भदौ २, २०८२ सोमबार २२:०९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।