नाडा अटो शो २०२५ : फोटोन र सोकोनका मोडेलमा आकर्षक अफरहरू

नाडा अटो शो २०२५ : फोटोन र सोकोनका मोडेलमा आकर्षक अफरहरू

काठमाडौं : नाडा अटो शो २०२५ यसपालि अटोप्रेमीका लागि निकै रोचक बन्ने भएको छ। फोटोन र सोकोनले प्रदर्शनीमा आफ्ना विभिन्न मोडेलहरूमा विशेष छुट, भ्यालु प्याकेज र आकर्षक उपहारसहितका अफर ल्याएका छन्।

फोटोन टिएम १ को मूल्य रु. ३३,७४,००० बाट घटाएर रु. २६,९९,००० पुर्याइएको छ भने फोटोन माउन्टेन ईभी भ्यान र सोकोन ईभी भ्यानमा पनि छुट र विविध अफर उपलब्ध हुनेछन्। फोटोन टुनल्यान्ड पिकअपको छुट घोषणा प्रदर्शनीमै गर्ने तयारी भएको छ, जसले कार्यक्रमलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

फोटोन माउन्टेन ईभी, टिएम १ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकले बुकिङ ग्याजेट, एक वर्षको फुल इन्स्योरेन्स, अटोप्लस सेवा र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी पाउनेछन्। खरिद प्रक्रियालाई सहज बनाउन सबै मोडेलमा फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसले गर्दा इच्छुक ग्राहकले ढिलाइ नगरी आफ्ना मनपर्ने गाडी लिन सक्नेछन्।

यस बाहेक, हरेक मोडेलसँग छुट्टै आकर्षक अफर पनि जोडिएका छन्। फोटोन टुनल्यान्ड पिकअप खरिद गर्नेले ट्राङक्विलिटी स्पा अनुभव वा भाटभटेनीको रु. २५,००० बराबरको शपिङ कुपन पाउनेछन्। साथै, तीन वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मेन्टेनेन्स सेवा र चालक परिवारका लागि स्वास्थ्य बीमा सुविधा पनि दिइनेछ। माउन्टेन ईभी भ्यानमा छुटसँगै ५५ इन्चको स्मार्ट टिभी, पाँच पटकसम्म नि:शुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछन्। सोकोन ईभी भ्यान खरिदकर्ताले पनि छुटसँगै ५५ इन्चको स्मार्ट टिभी पाउनेछन्।

यी अफर, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स सुविधा र सजिलो फाइनान्सले गर्दा गाडी खरिद मात्र नभई सम्पूर्ण अनुभवलाई नै सुखद र भरपर्दो बनाउन फोटोन र सोकोनले प्रयास गरेको देखिन्छ। नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्ड पिकअप स्टल A7 मा, माउन्टेन ईभी र टिएम १ स्टल J4 मा र सोकोन ईभी भ्यान स्टल J6 मा प्रदर्शनमा राखिनेछन्। आयोजकले अटोप्रेमीलाई प्रदर्शनीमा आएर यी मोडेलहरू नजिकबाट अवलोकन गर्न र विशेष छुटसहितको अवसर लिन आह्वान गरेका छन्।

भदौ २, २०८२ सोमबार २१:०७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।