शिखर इन्स्योरेन्सद्वारा ‘शिखर स्वास्थ्य सुरक्षा’ योजना सार्वजनिक, २० लाखसम्मको बीमा सुविधा

शिखर इन्स्योरेन्सद्वारा ‘शिखर स्वास्थ्य सुरक्षा’ योजना सार्वजनिक, २० लाखसम्मको बीमा सुविधा

काठमाडौं : शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु गरेको छ। भदौ २ गते मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा यस बीमा योजनाको औपचारिक शुभारम्भ गरिएको हो।

व्यक्तिगत तथा परिवारका सबै सदस्यलाई समेट्न सकिने यस योजनाअन्तर्गत २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। नेपालमा स्वास्थ्य बीमामा अहिलेसम्म सीमित रकमसम्म मात्र सेवा पाइँदै आएको अवस्थामा यो योजना बढ्दो उपचार खर्चका लागि प्रभावकारी विकल्प हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

शिखर स्वास्थ्य सुरक्षामा आवद्ध बीमितले नेपालका प्रतिष्ठित अस्पतालहरूमा नगदरहित उपचार सुविधा पाउनेछन्। अस्पतालमा भर्ना भई उपचार गर्दा बीमाको रकम बराबर खर्च शिखर इन्स्योरेन्सले अस्पताललाई सिधै भुक्तानी गर्ने व्यवस्था छ। साथै, बीमाको रकमको १० प्रतिशत (अधिकतम १ लाख रुपैयाँसम्म) बाहिरंग उपचारको लागि समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत ३० दिनसम्मको प्री-हस्पिटलाइजेशन र ६० दिनसम्मको पोस्ट-हस्पिटलाइजेशन खर्च, १५० भन्दा बढी डे-केयर उपचार, नवजात शिशुको अस्पताल उपचार खर्च लगायत सुविधाहरू पनि समावेश छन्। दाबी नभएको अवस्थामा बीमालेखन नवीकरण गर्दा नो क्लेम बोनस समेत उपलब्ध हुने भएकाले दीर्घकालीन रूपमा बिमितलाई फाइदा पुग्ने कम्पनीको दाबी छ।

यो स्वास्थ्य बीमा सेवा नेपालमा बस्ने नेपाली तथा विदेशी नागरिक दुवैले लिन सक्नेछन्।

भदौ २, २०८२ सोमबार १९:४०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।