नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त

नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौं : नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। भदौ १ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार घिमिरेलाई अध्यक्षमा नियुक्त गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, एम.ए. र एम.पी.ए. गरेका घिमिरे हालै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका हुन्।

केन्द्रीय बैंकमा सेवा गर्दै उनले सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ तथा अनुसन्धानलगायत विभागमा जिम्मेवारी सम्हालेका थिए।

भदौ २, २०८२ सोमबार १९:२६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।