
ह्युन्डाई नेपालको ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर, १० लाखसम्म जित्ने अवसर

काठमाडौं : नेपालीहरूको महान् चाड दशैं-तिहार र छठ पर्वलाई लक्षित गर्दै ह्युन्डाई नेपालले विशेष अफरको घोषणा गरेको छ।
नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘दशैं-तिहार, १० गुणा उपहार’ नामक अफर सार्वजनिक गरेको हो।
यस अफर अन्तर्गत ग्राहकले गाडी खरिद गर्दा अधिकतम ८ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। त्यस्तै, स्क्र्याच कार्डमार्फत थप १० लाख रुपैयाँसम्म जित्ने अवसरसमेत रहने कम्पनीले जनाएको छ। साथै, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि पाउने व्यवस्था गरिएको छ।
ग्राहकलाई दीर्घकालीन सुविधा दिने उद्देश्यले प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ उपलब्ध गराइने कम्पनीले जनाएको छ।
ह्युन्डाई नेपालले सबै अटोप्रेमी र सम्भावित ग्राहकलाई नजिकैको शोरुममा पुगेर यो अफरको लाभ लिन आग्रह गरेको छ। अफर भदौ २ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ।
भदौ २, २०८२ सोमबार १९:१५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।