​​​​​​​दिपलको उड्ने ट्याक्सी ‘नाडा अटो सो २०२५’ मा प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने

​​​​​​​दिपलको उड्ने ट्याक्सी ‘नाडा अटो सो २०२५’ मा प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने

काठमाडौं : मंगलबार देखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुने भएको छ।

एमएडब्लु वृद्धि र चिनियाँ कार निर्माता चांगान अटोको सहकार्यमा बनेको दिपल ब्रान्डको ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच सार्वजनिक गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्।

नाडा अटो शोमा यसपटक केवल कार र मोटरसाइकल मात्रै नभई भविष्यको मोबिलिटी प्रविधिको झल्को देखाइनेछ। उड्ने ट्याक्सीसँगै, पहिलो पटक नेपालमा मानव आकारका ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राखिनेछन्। यी रोबोटहरूले आगन्तुकहरूसँग प्रत्यक्ष संवाद गर्ने, गतिविधि देखाउने र मान्छेजस्तै व्यवहार प्रस्तुत गर्ने छन्।

यसैबीच, दिपलका चर्चित इभी मोडेलहरू पनि स्टलमा प्रदर्शित हुनेछन्। केही दिनअघि नेपालमा सार्वजनिक भएको दिपल एस०५ ले छोटो समयमै लक्जरी, स्टाइल र प्रविधिको सम्मिश्रणका कारण व्यापक प्रतिक्रिया पाइसकेको छ।

त्यसैगरी दिपल एस०७ आईसीए, ई०७ र अल्ट्रा प्रिमियम अवतार ११ जस्ता फ्युचरिस्टिक मोडेलहरू पनि नाडामा देख्न सकिनेछन्।

‘नाडा अटो शो हरेक वर्ष नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च बनेको छ। तर यस वर्ष प्रधानमन्त्रीज्यूको हातबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु ऐतिहासिक क्षण हो,’ एमएडब्लु वृद्धिका प्रबन्धनिर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिभ इभी लाइनअपमार्फत हामीले नेपालमा मोबिलिटीको भविष्यलाई पुनः परिभाषित गर्दैछौं।’ 

भदौ २, २०८२ सोमबार १८:५९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।