रुपन्देहीबाट नख्खु आएका रविको स्वास्थ्यमा समस्या

रुपन्देहीबाट नख्खु आएका रविको स्वास्थ्यमा समस्या
Filephoto

काठमाडौं : नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। रास्वपा उपसभापति डिपी अर्यालले लामिछानेको स्वास्थ्यमा समस्या देखिएको बताए।

अर्यालका अनुसार लामिछानेको छालामा समस्या देखिएकाले स्वास्थ्य जाँच गर्ने प्रक्रिया सुरू भएको जानकारी दिए। ‘आज भेट्दा उहाँको स्किनमा अस्वाभाविक परिवर्तन देखेँ। त्यसैले स्वास्थ्य जाँच गर्न आवश्यक छ भनेर जेल प्रशासनलाई जानकारी गराएका छौं,’ उनले भने।

जेल प्रशासनले बाहिर लैजाँदा सुरक्षा चुनौती हुने भन्दै कारागारमै चिकित्सक बोलाउने निर्णय भएको अर्यालले बताए। रविलाई साउन ३१ गते रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा ल्याइएको थियो। 

भदौ २, २०८२ सोमबार १७:०२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।