
राजनीतिक दल खोल्ने घोषणा गर्दै दुर्गाले भने- ‘मेरो पालो आएको दिन तिमीहरू कोही भाग्न पाउँने छैनौं’

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने भएका छन्। साउन १९ गते राति डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरेर राजनीतिक दल खोल्ने बताए।
‘राजनीतिले बिगारेको राजनीतिक तथा आर्थिक र सामाजिक अवस्थामा सुधारको लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ उनले भने।
प्रसाईंले आफ्नो अभियानलाई सरकारले अवरोध गरिएको भन्दै अब दलमार्फत अघि बढ्नु आवश्यक देखिएको बताए। प्रसाईंले छिट्टै दलको नामसहित विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको पनि जानकारी दिए।
उनले आफू राजनीति गर्ने मान्छे नभएको भन्दै आफूलाई सरकारले जबरजस्त रुपमा राजनीतिमा लाग्न बाध्य पारेको बताए।
उनले यो देशमा राष्ट्रप्रेमी भएर बाँच्नु भन्दा दलाल भएर बाँच्न सजिलो रहेको बताए। उनले चैत १५ को घटनाबारे स्पष्ट पार्दै आफ्नो भाग्ने चाहना नहुँदा पनि सरकारले इन्काउन्टर गर्ने योजना बनाएको थाहा पाएपछि भागेको बताए। ‘मेरो त भाग्ने चाहना नै थिएन। मेरो पालो आएको दिन तिमीहरू भाग्ने चाहना हुँदा पनि भाग्न पाउने छैनौं,’ सरकारमा रहेका दलका नेताहरूप्रति संकेत गर्दै उने भने।
भदौ २, २०८२ सोमबार १५:५७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।